जिपको नयाँ कम्पास सार्वजनिक

नेपालका लागि जिप एसयुभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ। 

नयाँ कम्पासलाई नेपालका चर्चित मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन्। 

नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्वील छन्। यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्वील आर्क पनि छ। 

साथै, रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल  र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन छ। त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्वीले छ। 

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *