हामी प्राण दिन्छौ तर कालीनदी दिदैनौं

नेपाल-चीन सिमा तिव्वत नजिकै नेपालको भू–भागबाट उद्गमस्थल बनाएर कल्पितहुँदै हिमालय श्रृङ्खलाबाट शुरु भएर मुस्ताङ जिल्लाको मुक्तिनाथबाट आएको काक खोलासँग कागबेनीमा मुस्ताङखोला मिसिएपछि कालीगण्डकी नदी बन्छ।

यो हिमालयन श्रृंखलाबाट शुरु भएर विभिन्न खोंच, थुप्रै समथर फाँटहरु छिचोल्दै विश्वकै धार्मिक अस्मिता बन्दै भारतको गंगा–ब्रहमपूत्रसम्म अविछिन्न र अविचलित रुपमा बहदै गएको संसारकै पवित्र, कञ्चन, शुद्ध र सुन्दर नदीको नाम कालीगण्डकी (कृष्ण गण्डकी) हो भन्नेकुरा विभिन्न धार्मिक पुराण र ग्रन्थहरुमा उल्लेख  भएको पाईन्छ।

देवी भागवतमा उल्लेख भए अनुसार संसारकै सबैभन्दा महान र पवित्र नदि कालीनदी हो गया नदीमा गएर सय पटक स्नान गरेको भन्दा कालीगण्डकी नदीमा एक पटक स्नान गरेमा बढी पुण्य हुने भनिएको छ। अन्तर्राष्ट्रिय धार्मिक संस्कृतिक महत्वपूर्ण विरासत बोकेको यस नदी भगवान नारायण विराजमान भएको नदीको रुपमा पनि व्याख्या गरिएको पाईन्छ।  

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *