खोप कूटनीतिमा सरकार असफल भयो : कांग्रेस नेता देव

ती देशसँग नेपालको दशकौंदेखि परम्परागत र मित्रगत सम्बन्ध छ, अहिले यी देश र यी कम्पनी किन चिसो भए ? उनीहरुले किन डिल गर्न चाहेनन् ?’ उनले प्रश्न गरे, ‘दक्षिण एसियाका चार देशले खोप ल्याउन सफल भए, नेपालले ल्याउन सफल भएन । यो सरकार फेल भएको हो कि होइन ?’

कमिसन नपाएका कारण नेपालले किनिसकेको सेरम इन्ष्टिच्युटको खोप समेत ल्याउन नसकेको नेता देवले टिप्पणी गरे । राजनीतिक नेतृत्वलाई कूटनीतिक ज्ञान नहुँदा देशको कूटनीति असफल भएको भन्दै राष्ट्रियसभा सदस्य देवले कूटनीतिक असफलता लुकाउन सरकारले राष्ट्रपतिलाई पत्र लेखाएको टिप्पणी गरे ।

केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्र लेखेर खोप उपलब्ध गराइदिन आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीले गर्नुपर्ने पहल राष्ट्रपतिबाट गराउनु गलत भएको भन्दै राष्ट्रियसभा सदस्य देवले भने, ‘सरकारले आफ्नो कूटनीतिक फेलियरलाई लुकाउन राष्ट्रपति संस्थालाई चिठी लेखाएको हो, यो बचपना कूटनीति हो ।’ सरकारले कूटनीतिक पहलमा बेलैमा गल्ती भयो भनी स्वीकार गर्नुपर्ने भन्दै नेता देवले खोप ल्याउने विषयमा कांग्रेसको पनि सरकारलाई सहयोग रहने बताए ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *