रेम्डेसिभिर औषधि आवश्यकता परेमा आयन हेल्थकेयरमा सम्पर्क गर्नुहोस् : स्वास्थ्य मन्त्रालय

वैशाख २९, काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शीवम् सिमेन्टमार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर मंगलवार  स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको  छ।

२ करोड रुपैयाँ बराबरको  ती सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामगी्रहरुले अक्सिजन सिलिन्डरको विकल्पकारुपमा राहत हुने विचार व्यक्त गरे ।

त्यस्तै सामग्री हस्तान्तरण गर्दै संघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजीक्षेत्र सरकारसँगै रहेको बताए ।

राष्ट्रमा देखापरेको संकटका वेला अत्यावश्यक सामग्रि उपलब्ध गराई सहयोग पुर्‍याएकोमा नेपाल उद्योग परिसंघले होङ्शी–शीवम् सिमेन्ट परिवारलाई धन्यवाद पनि दिएको छ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *