पर्यटकीय पूर्वाधार विकासमा जुट्दै तिनाउ

पाल्पा पर्यटकका लागि घुम्न र गर्मी छल्न तराईबाट मान्छे आउने पहाडी जिल्ला हो। नेपालको ताजमहलका रुपमा परिचित यहाँको रानीघाट रानीमहल, भैरवस्थान मन्दिर, रामपुर तालपोखरा, निस्दीको काउलेडाँडा, लेकडाँडा, रामपुर तालपोखरा, तानसेन श्रीनगरलगायत स्थल  पर्यटकका आकर्षणका केन्द्र हुन्। यी स्थलमा पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाइएका छन्।

पछिल्लो समय कोभिड महामारीका कारण पर्यटकीयस्थल सुनसान छन्। पर्यटक जिल्ला नआएकै बखत स्वास्थ्य मापदण्ड अपनाएर कतिपय स्थान मर्मत तथा निर्माण भइरहेका छन्। रुपन्देहीको बुटवल भित्रिने सिद्धार्थ राजमार्गसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले पर्यटक भित्र्याउने योजनाका साथ धार्मिक तथा ऐतिहासिकस्थलको पहिचान गरी विकासमा अग्रसरता देखाएको छ।

नेपालमै छुट्टै पहिचान बोकेको धार्मिक तथा पर्यटकीयस्थल यहाँको सत्यवती मन्दिर परिसरमा यस वर्ष मर्मतसम्भारको काम भएको छ। सार्वजनिक रुपमै चिच्याएर वर माग्ने तिनाउ गाउँपालिका–४ कोलडाँडामा रहेको मन्दिर क्षेत्रमा थप पूर्वाधार विकासका काम गरिएको छ। गत वर्ष सरकारको रु एक करोड बजेटबाट काम भइरहेको सत्यवती मन्दिरलाई आगामी आवमा पनि सरकारले बजेटमा समावेश गरेको छ। सत्यवती दर्शन प्रालिले कोभिड न्यूनीकरण हुँदै गएपछि पालिकाको चौबिस माइलदेखि एक हजार ३५० मिटर लम्बाइको केबलकार निर्माण गरिने जनाएको छ। 

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *