आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

देशमा हाल मनसुनी  वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । 

बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको दैनिक बुलेटिनमा भनिएको छ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 
यसैगरी राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक दुई स्थानमा चाहिँ मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ  ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *