हजार रूपैयाँमा पनि कोरोना परीक्षण हुन्छ र!

लामो लकडाउनको फाइदा भनौं, नेपालमा कोरोना संक्रमण केही कम हुन थालेको छ। प्रयोगशालामा कोरोना परीक्षण गर्न आउनेहरूको चाप हलुका हुँदै गइरहेको छ।

महिनौंपछि हिजो साँझ हामीले प्रयोगशालाका सम्पूर्ण सहकर्मी बाहिर चउरमा बसेर खाजा खाँदै भलाकुसारी गर्ने निधो गर्यौं। प्रयोगशालामा चौबीसै घन्टा सँगै बस्ने भए पनि एकअर्कासँग भलाकुसारी गर्ने फुर्सद मिलेको पछिल्लो दुई महिनामा पहिलोपल्ट थियो।

हामी चउरमा गोलो परेर फलफूल खाँदै पालैपालो आ-आफ्नो अनुभव बाँड्न थाल्यौं। यही क्रममा एक जनाले अघिल्लो दिनको आफ्नो अनुभव सुनाए।

त्यस दिन बिहानै एक जना ३५-४० वर्षका व्यक्ति कोरोना परीक्षणका लागि आवेदन फारम भरेर दस्तुर तिर्न आएका रहेछन्। उनले हातमा दुई हजार रूपैयाँ लिएर आएका थिए।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *