त्यो अधुरो गन्तव्यमा भेटिएका खुसी

म र मेरो श्रीमान पनि घुम्न भनेपछि उस्तै कुनै योजना बिना नै कति बेला कहाँ हुन्छौं थाहा हुँदैन।

दादा-भाउजू नेपाल आउनु भएको दुई दिनपछि हामी ५ जनाको समूहमा मुस्ताङ जान बिहान ६ बजे घर काठमाडौंबाट निस्कियौं।

पोखरा जाँदा मनकामना पस्ने योजना थियो, त्यहाँ एकैछिनको लाइनपछि हामी केबलकारमा उकालो लाग्यौं। त्यहाँ निकै रमाइलो भयो। मनकामनामा रहेका होटलले दर्शनका लागि आएका मानिसहरूलाई खाना खान बोलाउने तरिका अचम्मित पार्ने खालको थियो। म भने भिडिओ बनाएर आनन्द लिँदै बसें।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *