सामाजिक सञ्जालले पुर्‍याउँदैछ हिरासत

इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । लकडाउन र निषेधाज्ञापछि फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतमार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको छ।

 एकसाता अघि भोटाहिटीस्थित साइबर ब्युरोमा एक जोडी युवायुवतीले उजुरी दर्ता गराए । केही समयदेखि सम्बन्धमा रहेको बताउने उनीहरुले तेस्रो व्यक्तिले अन्तरंग तस्वीर पठाएर धम्की दिइरहेको उल्लेख गरेका थिए । उजुरी परेलगत्तै छानबिन थालेको ब्युरोले प्राविधिक पक्षको विश्लेषण सँगैसँगै तस्वीर कसरी बाहिरियो भन्ने विषयमा पनि अनुसन्धान अघि बढायो ।

छानबिनका क्रममा तस्वीर अरु कसैले नभइ स्वयम् उजुरी दिन आउने प्रेमीले नै पठाएको खुल्यो । ‘फेसबुक एकाउन्ट बनाउन प्रयोग भएको जिमेलको डिटेल हेर्दा त्यहाँ प्रेमीको अर्को इमेल ठेगाना पनि प्रयोग भएको देखियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘अरु वस्तुस्थितिले पनि उनकै संलग्नता देखायो ।’

ब्युरोले युवकलाई पक्राउ गर्‍यो, तर सँगै उजुरी दिन गएका युवकको हातमा हत्कडी लाग्दासम्म युवतीले विश्वास गर्न सकिनन् ।

 दुई दिनअघि महाराजगञ्जकी एक किशोरीलाई आफन्तले पूर्वप्रेमीसँग खिचिएको फोटो पठाए । आफन्तसम्म पुरानो फोटो कसरी पुग्यो भनेर आश्चर्यमा परेकी उनले दाइलाई त्यसबारे बताइन् । खोजी गर्दै जाँदा पूर्वप्रेमीले दुईजनाको तस्वीर सामाजिक सञ्जालमा हालेको भेटियो । लगत्तै छानबिनका लागि साइबर ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उनीहरुले गुहारे ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *