रूसमा २८ जना सवार जहाज सम्पर्कविहीन

रूसमा मंगलबार एउटा यात्रुवाहक जहाज सम्पर्कविहीन भएको छ। समाचार संस्था एएफपीका अनुसार २८ जना सवार जहाज सुदूरपूर्वी रूसमा सम्पर्कविहीन भएको हो।

२२ जना यात्रु र ६ चालक दलका सदस्य भएको एएन-२६ जहाज पेट्रोपाभलोभ्स्क-काम्चात्स्कीबाट कामचात्का प्रायद्वीपको पालाना जाँदै थियो। अवतरणको क्रममा रहेको जहाज ट्राफिक कन्ट्रोलबाट सम्पर्कविच्छेद भएको हो।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *