ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधान २०७२ को धारा ७६ (३) अनुसार बैशाख ३० मा प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएकोमा पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । यसअघि २०७२ सालमा पनि ओली नै प्रधानमन्त्री भएका थिए ।

बैशाख २७ गते संसदमा विश्वासको मत लिन नसकी ओली पदमुक्त भएपछि राष्ट्रपति कार्यालयबाट दिइएको समय सीमाभित्र अन्य कुनै पनि दलले दाबी पेश गर्न नसकेपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि सहमतिसहित उपस्थित हुन २०७८ बैशाख ३० गते राति ९ बजेको समयसीमा समाप्त भए लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ती गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *