नेपाली खेलकुदको इतिहास संकलन र अभिलेखिकरण शुरु

नेपाल ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको डिजिटल अभिलेख राख्ने उद्देश्यले वेवसाइटको सुरुवात गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस नेपाल डट ओआरमी (sportsnepal.org) वेबसाइटको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताए ।

उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि बताए । यस्तै कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुवात मात्र भएको र यसको निरन्तरता आवश्यक भएको बताए ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *