आफूलाई स्पेनको राजाका छोरा दाबी गर्ने वेटरको कथास्पेन

त्यहाँ दस हजार जनसंख्या भएको एउटा सहरको पबमा वेटर काम गर्छन्, अल्बर्ट सोला जिम्नेज।स्पेन र फ्रान्सको सीमा नजिकै क्याटोलिना पहाड छ। त्यहाँ दस हजार जनसंख्या भएको एउटा सहरको पबमा वेटर काम गर्छन्, अल्बर्ट सोला जिम्नेज।

६५ वर्षीय सोला ग्राहकलाई खानेकुरा दिँदै कथा सुनाउँछन्- म राजाको छोरा हुँ।

उनको कथा यसरी सुरू हुन्छ।

सोला अनाथ थिए। उनलाई सुरूमा मेडिटेरियन टापूका किसानले हुर्काए। पछि उनलाई स्पेनको राजधानी बार्सेलोनाको एक विशाल हवेलीमा लगियो। त्यहाँ कूटनीतिज्ञ र जनरलहरूको कानेखुसी उनको कानसम्म आइपुग्थ्यो- सोला कुलघरानाका छोरा हुन्।

धेरै वर्षपछि एक स्पेनी गुप्तचर सोलाकहाँ आइपुगे। उनले सोलाको जन्मबारे खोजबिन गरिदिने भए। त्यही खोजबिनको सारांश सोला अहिले पबमा आउने ग्राहकहरूलाई सुनाइरहेका छन्, ‘म राजा जुआन कार्लोसको छोरा हुँ।’

कार्लोस स्पेनका पूर्वराजा हुन्। सन् २०१४ मा उनले राजगद्दी त्यागेका थिए।

यो कथा उधिन्न धेरै वर्ष खर्चेका सोलाका कुरा सुनेर अधिकांश मान्छे छक्क पर्छन्। धेरैले काल्पनिक भन्छन्। किनकि, यसको पुष्टि गर्ने ठोस प्रमाण उनीसँग छैन। न यो दाबी कसैले प्रमाणित गरिदिएको छ।

राजपरिवारसँग सम्बन्ध भएको दाबी गर्ने सोला इतिहासका एक्ला होइनन्। धेरै वर्षपहिले एना एन्डरसनले आफू रसियाकी राजकुमारी भएको दाबी गरेकी थिइन्। त्यस्तै, लियोनार्दो दि बर्बनले आफू राजा अल्फोन्सो तेह्रौं र स्पेनी अभिनेत्री कार्मेन रुजका सन्तान भएको बताएका थिए। सन् २००२ मा ‘द रोयल बास्टर्ड’ नामको आत्मसंस्मरणमार्फत् आफ्नो कथा भनेपछि बर्बनले राजकुमार उपाधि प्रयोग गर्ने अधिकार पाएका थिए।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *