किसानलाई धान सुकाउने मेसिन हस्तान्तरण

 कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बर्दियाको राजापुरका किसानलाई धान सुकाउने मेसिन अनुदानमा  हस्तान्तरण गरिएको छ ।

कृषि आधुनिकीकरण परियोजना धान जोन परियोजना बर्दियाले एक जना स्थानीय किसान र कृषि समूहलाई ५० प्रतिशत अनुदानमा धान सुकाउने मोबाइल ग्रेन ड्रायर र फिक्स ग्रेन ड्रायर नामक मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण परियोजना धान जोन परियोजनाका प्रमुख तपेन्द्र शाहले कैलालीको टीकापुरमा रहेको डीकम माईक्रो सिस्टम प्रालि मार्फत नेपालमै पहिलो पटक धान सुकाउने मेसिन अनुदानमा हस्तान्तरण गरिएको जानकारी ।

मोबाइल ग्रेन ड्रायर मेसिन ट्रयाक्टरको पछाडी जोडेर ठाउँ ठाउँमा घुमाएर साढे दुई टन धान र साढे तीन टन मकै सुकाउन सकिने उनले बताए । फिक्स ग्रेन ड्रायर मेसिन निश्चित ठाउँमा राखेर सोही ठाउँमा धान ल्याएर सुकाउन सकिने शाहले बताए ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *