reviews-lekh-2

  • कानुन व्यवसायः वकालत र समाजप्रतिको दायित्व
    ऐतिहासिक पृष्ठभूमिपुरातन अवधारणा अनुसार कुनै मुद्दामा पक्षको प्रतिनिधिको रूपमा अदालतमा बहस पैरवी गर्ने व्यक्ति कानुन व्यवसायी वा वकिल हो । मानव अधिकारको दर्शनले भने वकिललाई व्यक्तिको जीवन, स्वतन्त्रता, सम्पत्ति र प्रतिष्ठाको प्रतिरक्षामा अग्र पङ्तिको मानव अधिकार प्रतिरक्षक मान्दछ । संसारका अधिकांश देशमा कानुन व्यवसायलाई सदाचारपूर्ण प्रतिष्ठित र मर्यादित क्षेत्र र पेशाका रूपमै लिइन्छ । कानुन व्यवसाय न्याय व्यवस्थाको नयाँ प्रणालीको उपज जस्तो देखिए पनि यसको इतिहास अत्यन्त लामो छ । उदाहरणका लागि, राजर्षि जनकले कसैलाई कुनै दण्ड दिनुपर्ने भएमा धर्मासनमा कम्तीमा दुई जना विद्वानसँग शास्त्रीय राय अनिवार्य लिन्थे । त्यतिखेरको दण्ड गर्ने धर्मासन (इजलास) को नामै त्रयवरा (तीन जनाको रायबाट…
    Continue reading »