बज्र हेल्थ एन्ड केयरले बढायो ‘बज्र मास्क’ को उत्पादन

बज्र ग्रुप अन्तर्गतको बज्र हेल्थ एन्ड केयर प्रालिले ललितपुरको ढोलाहिटीबाट चार महिनादेखि  ‘बज्र मास्क’ उत्पादन गरिरहेको छ।

कम्पनीले उत्पादन क्षमता बढाएर दैनिक एक लाख ७५ हजार थान सर्जिकल मास्क बनाइरहेको छ। मास्क उत्पादनका लागि अहिलेसम्म लाखौं रुपैयाँ लगानी भइसकेको कम्पनीले बतायो। 

एउटा म्यानुअल मेसिनको पूर्ण क्षमता ७५ हजार थान भए पनि उद्योगले अहिले दैनिक ५०/६० हजार थान मात्र सर्जिकल मास्क बनाइरहेको छ।

नयाँ अटोमेटिक मेसिन जडानपछि अहिले उत्पादन क्षमता १ लाख थान छ।

यसपछि भने दुवै मेसिनबाट दैनिक १ लाख ७५ हजार थान मास्क बनाउने तयारीमा बज्र ग्रुप रहेको छ। कोभिड–१९ को दोस्रो लहर बढेसँगै तराईका जिल्लाबाट सर्जिकल मास्कको माग भइरहेको कम्पनीको भनाइ छ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *