एलेक्सा नाम भएका बच्चाका आमाबुवाले अमेजनलाई दिए चुनौती

एलेक्सा नाम भएका बच्चाका आमा–बुवाले उनीहरुको छोरीमाथि ‘दादागिरी’ भइरहेको बताएका छन् । अमेजनको भर्चुअल असिस्टेन्टको नाम पनि एलेक्सा भएकोले यस्तो दाबी गरिएको हो ।

कतिले त आफ्नो बच्चाको नाम नै फेरिदिएका छन् किनभने उनीहरुका अनुसार बच्चाको नाम अर्थात् एलेक्सा भन्दै उनीहरुको मजाक उडाउने गरिन्छ ।

अमेजनले आफू यस्तो ऊजुरीले दुःखी भएको र आफ्नो भर्चुअल सहायकका लागि वैकल्पिक नाम पनि उपलब्ध भएको बताएको छ ।

हालैका वर्षमा एलेक्सा शब्द साधारण बोलीचालीको हिस्सा बनेको छ किनभने आज धेरैजसो घरमा आवाजबाट चल्ने स्मार्ट स्पीकर प्रयोग गरिँदैछ ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *