दुई महिनासम्म काठमाडौंमा किन बजाइँदैन बाजा ?

काठमाडौंको थःहिटी निवासी एक मानन्धर परिवारले आफ्नै खर्चमा परम्परागत वाद्यवादन प्रतियोगिता आयोजना गर्थे । प्रतियोगिताको नाम थियो ‘भाजुवीर सिरपा’ । हरेक वर्ष आयोजना हुने प्रतिस्पर्धामा धिमे, ता, खिं लगायतको बाजा बजाउने कलाकारहरुको सहभागिता हुन्थ्यो । मानन्धर समुदायमा बाजा बजाउने एउटा सक्रिय समूह थियो । तर सिथि नखःदेखि करीब पौने २ महिनासम्म सांस्कृतिक मान्यता अनुसार बाजा बजाउन हुँदैन भन्नेबारे कमैमा जानकारी थियो । झण्डै २० वर्ष पहिले यही समूहले आयोजना गरेको वाद्यवादन प्रतियोगिता असार आसपास (सिथि नखः र गठेमंगलको बीचमा) आयोजना गरिएको थियो ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *