राजनीति

तरुण अध्यक्ष गुरुङ भन्छन् : अब कांग्रेसलाई पहिलो पार्टी बनाउँछौँ

तरुण अध्यक्ष गुरुङ भन्छन् : अब कांग्रेसलाई पहिलो पार्टी बनाउँछौँ
  • मङ्गलबार, अप्रिल 19 2022
    admin

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मातृपार्टीलाई देशको पहिलो पार्टी बनाउन तरुण र विद्यार्थीले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। 

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औँ स्थापना दिवसको अवसरमा मंगलबार कमलादीमा आयोजना गरेको कार्यक्रममा उनले दुबै संगठन मिलेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए। 

तरुण दल र नेविसंघ कांग्रेसको मेरुदण्ड भएको जिकिर गर्दै दुवै संगठनले तीनै तहको निर्वाचनमा हातेमालो गरेर पार्टीका उम्मेदवारलाई बहुमतले जिताएर कांग्रेसलाई पहिलो पार्टी बनाउन मुख्य भूमिका खेल्ने गुरुङले बताए।

 

अहिले लोकतन्त्र र ओलीतन्त्रको बीचमा लडाईँ रहेको उनको भनाइ थियो। 

पाँच दलीय गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउँदै व्यवस्था नै खतरामा पार्ने षड्यन्त्र भइरहेका कारण सम्पूर्ण विद्यार्थी र तरुण सजग हुनुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो।



प्रतिक्रिया दिनुहोस्